दफा ४९६
निर्धारित समयमा दायित्व पूरा गर्नु पर्ने

(१) कुनै दायित्व पूरा गर्नको लागि कुनै निश्चित अवधि तोकिएको रहेछ भने सम्बन्धित व्यक्तिले सोही अवधिभित्र त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ ।
(२) कुनै दायित्व पूरा गर्न कुनै निश्चित दिन वा समय तोकिएको रहेछ भने सम्बन्धित व्यक्तिले सोही दिन वा समयमा त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ । तर निश्चित दिन वा समयभित्र दायित्व पूरा गर्ने व्यवस्था भएकोमा त्यस्तो दिन वा समय अघि पनि दायित्व पूरा गर्न सकिनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कुनै दायित्व पूरा गर्ने अवधि, दिन वा समय निर्धारण नभएकोमा दायित्वको प्रकृतिबाट त्यस्तो दायित्व पूरा गर्नु पर्ने अवधि, दिन र समय निर्धारण गरी मनासिब अवधिभित्र दायित्व पूरा गर्नु पर्नेछ ।
(४) उपदफा (१), (२) वा (३) बमोजिम दायित्व पूरा नभएमा दायित्व पूरा गर्नु पर्ने व्यक्तिले दायित्व पूरा नगरेको वा पूरा गर्न नसकेको मानिनेछ ।